• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. स्वास्थ्य
  3. सबै पालिकामा दुई वर्षभित्र अस्पताल
 सबै पालिकामा दुई वर्षभित्र अस्पताल
स्वास्थ्य

सबै पालिकामा दुई वर्षभित्र अस्पताल

by Speak १२ फाल्गुन २०७८, बिहीबार ०८:१६
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

झापा– स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ। सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ भने बाँकीको अन्य प्रक्रिया जारी छ।

सङ्घीय सरकारले गत वर्ष मङ्सिरमा ३९६ वटा पालिकाको आधारभूत अस्पताल निर्माणकार्य सुरु गरेको थियो। त्यसैअनुरूप पालिकाहरूमा पाँचदेखि १५ शैयाका आधारभूत अस्पताल निर्माण भइरहेका हुन् ।

यस वर्ष सरकारले थप २५९ वटा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढाएको छ । गत वर्ष सुरु गरिएका ३९६ वटामध्ये स्वास्थ्य मन्त्रालयमा अहिलेसम्म २५५ पालिकाको प्रतिवेदन प्राप्त भएकोमा विस्तृत परियोजना प्रस्ताव डीपीआर तयार भएको २३१ वटा मन्त्रालय र पालिकाबीच बोलपत्र भई सम्झौता भएका १८४ वटा, सम्झौता भएका पालिकालाई मन्त्रालयले रकम निकासा नै गरेको पालिकाको सङ्ख्या १५० वटा रहेका छन् ।

त्यस्तै, १५० वटामध्ये ४१ वटा आधारभूत अस्पतालाई मन्त्रालयले दोस्रो किस्ताको रकम प्रदान गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, यस वर्ष निर्माण गर्ने थप २५९ वटा अस्पतालमध्ये १३३ वटा पालिकाको अस्पताल निर्माण प्रक्रियामा छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.