२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

एमाले प्रचार विभागको प्रमुखमा काफ्ले




बिर्तामोड- नेकपा एमाले झापाले प्रचार विभाग प्रमुखको जिम्मेवारी पत्रकार गोपाल काफ्लेलाई दिएको छ । काफ्ले साझा मञ्च डटकमका सम्पादक हुन् ।

एमालेले प्रेस चौतारी झापाको इन्चार्जमा केन्द्रिय सदस्य मोहन काजीलाई जिम्मेवारी दिएको छ । आज जिल्ला पार्टी कार्यालयमा बसेको पूर्ण बैठकले कार्यविभाजन गरेको हो ।

बैठकले २३ जनवर्गीय संगठनको इञ्चार्ज–सह इञ्चार्ज, पालिका कमिटीको इन्चार्ज–सहइञ्चार्ज, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको संयोजक, सह संयोजक पनि तोेकेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ००:००  ९ : १४ बजे