१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

एकलाख ११ हजार कर्मचारीको सामूहिक बीमा गरिँदै




झापा–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामूहिक दुर्घटना बीमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिने गरी १ लाख १० हजार ७१३ जनाको सामूहिक दुर्घटना बीमा गरिन लागिएको हो ।

सामूहिक दुर्घटना बीमा २० लाखको हुनेछ । आयोगले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ। बीमा शुल्क र प्रस्तावका आधारमा आयोगले उपयुक्त कम्पनीमार्फत बीमा गर्नेछ ।

५० प्रतिशतभन्दा बढी स्वदेशी स्वामित्व भएका तथा कालोसूचीमा नपरेका कम्पनीलाई १६ फागुनभित्र प्रस्ताव पेस गर्न भनिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ००:००  ९ : ३१ बजे