- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
- झापाको दमकमा बस दुर्घटना : एक जनाको मृत्यु
- संसद विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनवाई
- शिवसताक्षीमा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते
- एलभिडी झापा महिला गोल्डकपको मुख्य प्रायोजक
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दलका अर्का घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन्।
सरकार एमसीसी पास गर्ने तयारी रहेकाले बुधबार बिहान प्रधानमन्त्री देउवा एमसीसी र गठबन्धनबारे छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका हुन्।
सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएपनि देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई मनाउने प्रयासमा लागेका छन्।
उनले दोहोरो भूमिकामा देखिएका कारण प्रमुख प्रतिपक्षी एमालेसँग पनि भेट बढाएका छन्। देउवा र अध्यक्ष केपी शर्मा ओली बीच मंगलबार भेटवार्ता भएको थियो।














