- झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री
- कनकाईमा मोटरसाइकल दुर्घटना : सिटौलाको मृत्यु
- कार्तिक २९ गते बिर्तामोडमा जनसभा गर्ने एमालेको तयारी
- जेनजी आन्दोलनमा झापाका प्रहरी कार्यालयमा आगो लगाउने १२ जना पक्राउ
- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
झापा–
झापा–कलाकार जयनन्द लामाको निधन भएको छ । राष्ट्रिय सङ्गीतकर्मी संघका सल्लाहकार, फिल्म निर्माता लामाको बुधवार आफ्नै घर अगाडि गाडीबाट ओर्लने क्रममा लडेर निधन भएको हो ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ धार्पाका लामाको भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । उनले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
लामाले २०३० सालमा मनको बाँध चलचित्रबाट पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए।














