- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
शिवसताक्षी– सताक्षी प्रेस क्लबले पत्रकार सरोज भट्टाराईलाई सम्मान गरेको छ । पाँचौ वार्षिक साधारण सभाको अवसर पारेर आज क्लवले पत्रकार भट्टराईलाई मनाहाङ्ग सेलिङ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
पुरस्कारको राशि १० हजार रुपैयाँ छ । भट्टराई लामो समयदेखि पत्रकारितामा क्रियाशिल छन् । ग्रामीण क्षेत्रका सवालमा उनी बढी कलम चलाउँछन् ।

पत्रकार भट्टराईलाई शिवसताक्षी नगर प्रमुख चन्द्रकुमार सेर्मा, स्व. मनहाङ्ग सेलिङका हजुरबुबा भवानीविक्रम सेलिङ, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र साहित्यकार विवस भलिभद्र कोइरालाले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका हुन् ।
पत्रकार भट्टराईले आफुले प्राप्त गरेको रकम रचानात्मक काम खर्च गर्ने भन्दै पाँच हजार थपेर सताक्षी प्रेस क्लबले निर्माण गर्न लागेको भवनका लागि १५ हजार १ सय सहयोग प्रदान गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष मेघहाङ्ग थोप्रा, नेकपा मओवादी केन्द्रका शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराई, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदाल, कनकाई अनलाइनका सम्पादक लीलाराज झापाली, सतासीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बा लगायतको सहभागिता रहेको थियो ।
















