- आयल निगमको चारआली डिपोबाट निकालिएका कर्मचारी आन्दोलित
- खयरडाँगीबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
- न्यायाधीशहरूबारे सामाजिक सञ्जालमा जथाभावी नबोल्न सर्वोच्चको चेतावनी
- सर्वोच्चद्वारा रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर
- महतको स्मृतिमा अक्षय कोष स्थापना गर्ने प्रेस चौतारीको निर्णय
झापा– झापाको बिर्तामोडबाट दुई जना स्कूले बालबालिकाको उद्धार गरिएको छ । पारिवारिक विवाद भएका कारण रुपन्देहीबाट अपहरण गरी झापाको बिर्तामोड ल्याइएका बालबालिकाको उद्धार गरिएको हो ।
रुपन्देहीको सैनामैनाबाट उनीहरुको अपहरणमा भएको प्रहरीले जनाएको छ । बिहीबार बिहान विद्यालय जान घरबाट निस्केका उनीहरूलाई सम्पर्कविहीन भएका थिए ।
रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
फुपाजु खिमबहादुर पौडेलले उनीहरुलाई अपहरण गरेको भन्दै दाहाल परिवारले किटानी जाहेरी दिएको थियो ।