- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा– झापा कारागारका १६ जना कैदीबन्दीको कैद सजाय माफी भएको छ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा उनीहरुको सजाय मिनाहा गरेको हो । देशभरबाट ५०१ जना कैदीबन्दीले कैद सजाय माफी पाएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।
झापा कारागारकी निमित्त प्रमुख हिमा पौडेलले झापा कारागारबाट दुई महिलासहित १६ जनाको कैद मिनाहा भएको बताइन् । झापा कारागार प्रशासनले २३ जनाको कैद सजाय माफीका लागि कारागार व्यवस्थापन विभागलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा १६ जनाको कैद सजाय माफी मिनाहा भएको हो ।
सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको छ।