- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड–सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बिर्तामोड शाखाले पत्रकार सन्तोष न्यौपानेलाई सम्मान गरेको छ । चौथों वार्षिकोत्सवको अवसरमा सिटीजनले पत्रकार न्यौपानेलाई सम्मान गरेको हो ।
एभिन्यूज टेलिभिजनका झापा सम्वाददाता न्यौपाने साझा अनलाइन खबरका सम्पादक छन् । पत्रकार न्यौपानेसँगै सिटीजनले अन्वेषक सन्तोष घिमिरे र समाजसेवी गोमा अधिकारीलाई पनि सम्मान गरेको छ ।
कम्पनीका प्रदेश नम्बर १ का प्रमुख व्यवसाय अधिकृत विमलकुमार वाग्ले, एरिया ब्रान्च मेनेजर उत्तम कोइराला लगायतले उनीहरुलाई दोसल्ला र ढाका टोपी लगाइदिएर सम्मानपत्र प्रदान गरेका छन् ।
पाँचथर, इलाम, झापा कार्यक्षेत्र रहेको सिटीजनको बिर्तामोड शाखाले चार वर्षमा ३५ सय जनाको बीमा गरेको छ ।