
जेलबाट छुटेर अपराध : बिर्तामोडमा बम पड्काउन खोज्ने नौ जना पक्राउ
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा : बम राखेर आतंक मच्चाउने ९ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। बिर्तामोड र दमकमा प्रेसर कुकर बम राखेर आतंक मच्चाउने भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपालका मुख्य योजनाकारसहित ९ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा मुख्य योजनाकार गौरादह नगरपालिका- २ का ३८ वर्षीय सुमनकुमार कार्की र वडा नम्बर ५ का ३३ वर्षीय प्रदीप थापा, कनकाई नगरपालिका-३ का ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका- ९ स्थित चिया दोकान चोकका ५० वर्षीय देवी बास्कोटा (गुरागाईँ), कोटी होमका पुजारी कनकाई नगरपालिका-३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला छन्।
यस्तै शिवसताक्षी नगरपालिका-१ का ३२ वर्षीय सरुन लिम्बु भन्ने दिलकुमार सामेखाम, सङ्खुवासभा खाँदवारी नगरपालिका- १० सित्तलपाटी घर भई मोरङ सुन्दरहरैचा- ६ बस्ने २९ वर्षीय मनमोहन दाहाल, गौरीगञ्ज गाउँपालिका-३ का ३२ वर्षीय आनन्द भन्ने अनन्तप्रसाद गिरी र ४५ वर्षीय विजयकुमार दास हलुवाई पक्राउ परेका छन्।
पक्राउ परेकाहरूलाई बिहीबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाे हाे। प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले भूमिगत समूह गोरखा जनमुक्ति पार्टीको नामबाट आपराधिक गतिविधि गर्ने पक्राउ परेका व्यक्तिहरू नै जेलबाट छुटेपछि भूमिगत समूहको नाम परिवर्तन गरी सोही प्रकृतिको आपराधिक कार्य गर्दै आएको खुलेको जानकारी दिए।