• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाचार
  3. झापा गोल्डकपको ‘मस्कट’ सार्वजनिक
 झापा गोल्डकपको ‘मस्कट’ सार्वजनिक
समाचार स्पोर्टस कर्नर

झापा गोल्डकपको ‘मस्कट’ सार्वजनिक

by Speak ५ फाल्गुन २०७८, बिहीबार २०:०६

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बिर्तामोड– झापा गोल्डकपले प्रतियोगिताको ‘मस्कट’ सार्वजनिक गरेको छ । फागुन २१ देखि सुरु हुने गोल्डकपको पाँचौं संस्करणलाई थप भव्य र परिष्कृत बनाउन आयोजक समितिले बिहीबार गोल्डकपको छुट्टै मस्कट, गीत र नारा सार्वजनिक गरेको हो ।

पाँचौं संस्करणको गोल्डकपको औपचारिक मस्कटका रुपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । हात्तीको छावाले फुटबल प्रहार गर्दै गरेको प्रतिकलाई गोल्डकपको मस्कटका रुपमा तयार गरिएको हो ।

झापा हात्ती प्रभावित जिल्ला हो । हात्तीले जिल्लाबासीलाई पीडा मात्र नभई हात्तीमार्फत जिल्लाको पहिचान खोज्नुपर्ने भन्दै छावालाई मस्कटका रुपमा प्रयोग गरेको गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । मस्कट प्राज्ञ पवन राजवंशीले तयार गरेका हुन् ।

आयोजक समितिले जिल्लाको भूगोल र झापामा फुटबलप्रतिको लगावलाई समेट्दै गोल्डकपको छुट्टै गीत समेत तयार गरेको छ ।

‘झापामा एकै वर्षमा दर्जनभन्दा बढी फुटबल प्रतियोगिताहरु हुन्छन् । तर राज्य र सम्बन्धित निकायबाट जुन किसिमले यस जिल्लाको विकास र प्रवर्द्धन हुनुपर्ने हो त्यो हुन सकेको छैन्,’ गोल्डकप अध्यक्ष बस्नेतले भने, ‘अबदेखि जिल्लालाई फुटबलको ‘हब’ कै रुपमा विकास गर्नेगरी सबै पक्षलाई समेट्ने अभियान अघि बढाएका छौं ।’

झापा गोल्डकपको गीत गीतकार बसन्त थाम्सुहाङको रचना गरेका हुन् । गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दीपा लामाले स्वर दिएको गीतमा पारस मुकारुङले संगीत भरेका छन् । गोल्डकपको यस वर्षको नारा ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ तय गरिएको छ ।

कोभिडका कारण दुई वर्षदेखि हुन नसकेको गोल्डकपको पाँचौं संस्करण फागुन २१ देखि ३० गतेसम्म हुने भएको छ । मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय मानिएको झापा गोल्डकपमा घरेलु टोली झापा११ सहित नेपालका ९ र एक विदेशी गरी १० टिमको सहभागीता रहने जनाइएको छ ।

प्रतियोगितामा सहभागी हुने टिमको टुंगो लगाउने कार्य भइरहेको गोल्डकपका संरक्षक जलकुमार गुरुङले जानकारी दिए । गोल्डकपमा पुरस्कारहरु अघिल्लो वर्षकै कायम गरिएको छ ।

यस वर्ष पनि गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार रुपैयाँ तथा उपविजेता टिमले नगद ६ लाख ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्ने बस्नेतले बताए ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.