- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
झापा–कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकले १० भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको छ । बैठकले यसको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएकोे छ ।
बैठकले म्याद सकिएका भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेर ३० फागुनभित्र तदर्थ समिति बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिको म्याद सकिएको छ ।
बैठकले नयाँ गठन हुने भ्रातृ संस्थाहरूलाई स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले तीन महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने समयसीमा पनि तोकेको छ ।