
‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु हुँदै
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा–कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकले तत्काल स्थानीय तह निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
२७ माघदेखि सुरु पहिलो कार्य सम्पादन समिति बैठकले निर्वाचन लक्षित संगठन सुदृढीकरण अभियान सञ्चालन निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।
बैठकले सभापति शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन घोषणापत्र तयार गर्ने जिम्मा दिएको छ । ‘बैठकले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ’, प्रवक्ता महतले भने ।
बैठकले संगठन सुदृढीकरण अभियान २० फागुनदेखि एक महिनासम्म सञ्चालन गर्ने निर्णय गरेको हो । अभियान २० चैतसम्म सञ्चालन हुनेछ ।
प्रवक्ता महतले निर्वाचनमा सत्तारुढ राजनीतिक दल वा अरु पार्टीसँग गठबन्धन गर्नेबारे कुनै निर्णय नभएको बताए ।