- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा–विभिन्न छ राजनीतिक दलले नेपाल बन्द आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको छ। सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृहले यस्तो निर्देशन दिएको हो।
विभिन्न राजनीतिक दलले आज नेपाल बन्दको आह्वान गरेका छन्। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा दलहरु बन्दमा उत्रिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।
गृहले कानुन विपरीतका गतिविधि रोक्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । आज बिहानैदेखि ७७ वटै जिल्ला प्रशासनले सुरक्षा सतर्कता बढाएका छन्। बन्दको हल्लासँगै लामो दुरीका गाडी कम मात्रामा गुडेका छन् ।
↑