- मर्यादा पालनमै प्रश्न : सिडिओको कुरै नसुनी बाहिरियो डाक्टरको टोली
- विद्यालयमार्फत लागुऔषधविरुद्ध अभियान
- झापामा एक वर्षमा २४ हजार ८५१ नागरिकता वितरण, ९८ हजारभन्दा बढीले पाए राष्ट्रिय परिचयपत्र
- देवानगञ्ज घटनाको छानबिनका लागि समिति
- देवानगञ्ज घटना : मृतकका परिवारलाई २ लाख दिने निर्णय
झापा–विभिन्न छ राजनीतिक दलले नेपाल बन्द आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको छ। सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृहले यस्तो निर्देशन दिएको हो।
विभिन्न राजनीतिक दलले आज नेपाल बन्दको आह्वान गरेका छन्। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा दलहरु बन्दमा उत्रिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् ।
गृहले कानुन विपरीतका गतिविधि रोक्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छ । आज बिहानैदेखि ७७ वटै जिल्ला प्रशासनले सुरक्षा सतर्कता बढाएका छन्। बन्दको हल्लासँगै लामो दुरीका गाडी कम मात्रामा गुडेका छन् ।
↑


















