१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

खुदुनाबारीमा पूर्व प्रधानाध्यापककाे स्मृतिमा अक्षकोष



झापा-झापाको खुदुनावारीस्थित जनता माध्यमिक विद्यालयमा पूर्व प्रधानाध्यापक तथा उनकी श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ।

पूर्व प्रधानाध्यापक हंसराज लिङदेन र उनकी श्रीमती शान्तिमायाको स्मृतिमा छोराहरु जीवन र सुवास तथा छोरीहरु शान्ताकला र हेमकला लिङ्देनले अक्षयकोष स्थापना गरेका हुन्।

विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने गरी अक्षयकोष स्थापना गरिएको लिङदेन परिवारले जनाएको छ ।

पूर्व प्रधानाध्यापकका छोरा जीवन लिङ्देनले परिवारका तर्फबाट अक्षय कोषका लागि आज स्थानीय जनप्रतिनिधिको राेहवरमा चार लाख १० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

आमाबाबुको समाजप्रतिको योगदानलाई चीर स्थायी बनाइराख्न विद्यालयमा अक्षयकोष स्थापना गरिएको जीवनले जानकारी दिए।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ००:००  ५ : ४२ बजे