- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
झापा– मोबाइल बिगारेको निहुँमा झापाको पृथ्वीनगरमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका वडा नम्बर-१ लाउरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङले श्रीमती अनिता किम्बुको हत्या गरेको प्रहरीले जनाएको छ ।
मोबाइल बिगारेको विषयमा आज विहान झगडा हुँदा तामाङले घाँटीमा चक्कु र शरीरमा ढुंगाले हानेर श्रीमती मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिए।
घटनापछि पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
















