• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. कला साहित्य
  3. झापाली गायक अर्जुन खरेलको म्युजिक भिडियो ‘चमेली’ सार्वजनिक
 झापाली गायक अर्जुन खरेलको म्युजिक भिडियो ‘चमेली’ सार्वजनिक
कला साहित्य

झापाली गायक अर्जुन खरेलको म्युजिक भिडियो ‘चमेली’ सार्वजनिक

by Speak २६ माघ २०७८, बुधबार ०२:५२
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बिर्तामोड – झापाली गायक अर्जुन खरेलको म्युजिक भिडियो ‘चमेली’ सार्वजनिक भएको छ । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आज आयोजित कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक भएको हो।

साहित्य चौतारीका अध्यक्ष हस्त परियार, क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित, डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसी लगायतले भिडियो सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि परियारले खरेलको गीत चमेलीले चमेली फूलझैं देश विदेशमा चर्चित भएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, विशिष्ट अतिथि रङ्गकर्मी कल्पितले यो गीतले बालकदेखि बृद्धसम्म सबैको मन जित्ने बताए।

कार्यक्रममा गीतको समीक्षा साहित्यकार विवश बलिभद्र कोइरालाले गरेका थिए। उनले गायक खरेलले १७ वटा भन्दा बढी गीतमा स्वर दिएको बताए ।

रमेश दर्नालको शब्द रहेको गीतको छायाङ्कन इलामको दानाबारी लगायतका स्थानमा गरिएको छ । भद्रपुर–१०, चन्द्रगढी निवासी ४३ वर्षीय खरेलको यो पाँचौँ म्युजिक भिडियो हो ।

गायक खरेल २०६० सालदेखि गायन क्षेत्रमा क्रियाशील छन् भने दर्जनौं स्टेज कार्यक्रममा प्रस्तुति दिइसकेका छन् । कार्यक्रममा गायक खरेलले चमेलीलाई दर्शक तथा स्रोताले यसअघिका गीतझैं माया गर्ने विश्वास व्यक्त गरेका छन् ।

ग्रुपकी अध्यक्ष खगिन्द्रा खुसीको अध्यक्षतामा भएको कार्यक्रममा ग्रुपका सल्लाहकार एवम् साहित्यकार देवीचरण भण्डारी, गीत एरेन्जर रोहित लिम्बू, पिज्जा घरका सञ्चालक याम खरेल, साहित्यकार तथा कलाकारहरु टीका भट्टराई, सुजना खतिवडा, मुना प्रसाईं, सुनिता तामाङ लगायतको उपस्थिति रहेको थियो ।

ग्रुपका कोषाध्यक्ष चन्द्रमणि पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष गीता सुवेदी नेपालले गरेकी थिइन्।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.