- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामाेड– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचन तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय सार्वजनिक गरेपछि अध्यक्ष लिङ्देनले तीव्र रुपमा चुनावी तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
‘स्थानीय तहको निर्वाचन तयारीमा युद्धस्तरमा जुट्न राप्रपाका सबै तहका नेता कार्यकर्तामा आह्वान गर्दछु’, अध्यक्ष लिङ्देनले भनेका छन्।
अध्यक्ष लिङ्देनले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको पनि जनाएका छन् । सरकारले आज स्थानीय तह निर्वाचनको मिति सार्वजनिक गरेको हो ।