- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
बिर्तामोड – प्रेस चौतारी झापाले स्थापना दिवसको अवसरमा आज पत्रकार आचारसंहिता सम्बन्धी अन्तरक्रिया आयोजना गरेको छ ।
२४ औं स्थापना दिवसको अवसरमा चौतारी झापा शाखाले आफ्ना सदस्यलाई पत्रकार आचारसंहिताका विषयमा अवगत गराएको हो ।
अन्तरक्रियामा सहजीकरण गर्दै प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले आचारसंहिताको पालना गर्नु सबै पत्रकार र सञ्चारमाध्यमको अनिबार्य दायित्व भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले पार्टीले अघि सारेका एजेण्डालाई जनता समक्ष पुर्याउन एमालेको पक्षमा कलम चलाउन चौतारीमा आवद्ध पत्रकारहरुलाई आग्रह गरे।
प्रेस चौतारी पार्टीको जनसंगठन भएकाले राजनीतिक रूपमा एमालेलाई सबल र सक्षम बनाउन महत्वपूर्ण भूमिका रहेको अध्यक्ष कार्कीको धारणा छ ।
कार्यक्रममा प्रेस चौतारी नेपालको स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा संगठनका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष गोपाल काफ्लेले प्रकाश पारेका थिए ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सन्तोष आचार्य, पार्टीका प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल र बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली लगायतले शुभकामना व्यक्त गरेका थिए ।
उपाध्यक्ष प्रदीप परियारले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।


















