- सांसद खरेलले तमासा भनेपछि संसद बैठकमा हंगामा
- जन्मदिनमा क्यान्सरपीडितलाई भट्टराईको सहयोग
- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
बिर्तामाेड– नेकपा एमालेका नेता अग्नि खरेलले स्थानीय तहको निर्वाचन पछाडि सार्ने पाँच दलीय गठबन्धन सरकारको नियत माथि प्रश्न उठाएका छन् ।
संविधानतः वैशाखभित्रै निर्वाचन गर्नुपर्नेमा जोड दिँदै एमाले नेता खरेलले बर्तमान सरकार लोकतन्त्र विरोधी गतिविधिमा निरन्तर क्रियाशील रहेको आरोप लगाए ।
आज बिहान झापाको बिर्तामोडस्थित आफ्नै निजी निवासमा पत्रकार सम्मेलन गरी नेता खरेलले स्थानीय तहको निर्वाचन सार्न खोजिए त्यसविरुद्ध पार्टी उत्रिने चेतावनी दिए ।
स्थानीय तहलाई एक दिन पनि जनप्रतिनिधि बिहीन बनाउन नपाइने संवैधानिक व्यवस्थालाई सरकार र त्यसमा संलग्न दलहरुले गम्भीरतापूर्वक लिनुपर्नेमा नेता खरेलकाे जोड छ ।
चुनाव हार्ने डरले सत्ता गठबन्धन अनेक बहानामा निर्वाचन सार्ने खेलमा लागेको बताउँदै एमाले नेता खरेलले जुनसुकै तहकाे निर्वाचन लड्न एमाले तयार रहेको बताए।
















