- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम
बिर्तामाेड– नेकपा एमालेका नेता अग्नि खरेलले स्थानीय तहको निर्वाचन पछाडि सार्ने पाँच दलीय गठबन्धन सरकारको नियत माथि प्रश्न उठाएका छन् ।
संविधानतः वैशाखभित्रै निर्वाचन गर्नुपर्नेमा जोड दिँदै एमाले नेता खरेलले बर्तमान सरकार लोकतन्त्र विरोधी गतिविधिमा निरन्तर क्रियाशील रहेको आरोप लगाए ।
आज बिहान झापाको बिर्तामोडस्थित आफ्नै निजी निवासमा पत्रकार सम्मेलन गरी नेता खरेलले स्थानीय तहको निर्वाचन सार्न खोजिए त्यसविरुद्ध पार्टी उत्रिने चेतावनी दिए ।
स्थानीय तहलाई एक दिन पनि जनप्रतिनिधि बिहीन बनाउन नपाइने संवैधानिक व्यवस्थालाई सरकार र त्यसमा संलग्न दलहरुले गम्भीरतापूर्वक लिनुपर्नेमा नेता खरेलकाे जोड छ ।
चुनाव हार्ने डरले सत्ता गठबन्धन अनेक बहानामा निर्वाचन सार्ने खेलमा लागेको बताउँदै एमाले नेता खरेलले जुनसुकै तहकाे निर्वाचन लड्न एमाले तयार रहेको बताए।


















