१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

नेपालमा १८ हजार नाघे कोरोना संक्रमित



बिर्तामोड– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या थपिँदै गएको छ । दैनिक संक्रमितको संख्या थपिँदा सक्रिय संक्रमित १८ हजार नाघेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अबेरसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको जनाएको छ।शुक्रबार एकैदिन ५ हजार बढी कोरोना संक्रमित थपिएका छन्।

देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा थप ३०६ जना संक्रमित कोरोनामुक्त भएका छन् ‌। थप तीन जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो एक हप्तादेखि नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि चौतर्फी चिन्ता सुरु भएको छ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार ००:००  ७ : ३० बजे