• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. समाचार
  3. साझामञ्चद्वारा कार्यक्रम प्रायाेजक सहकारी संस्थालाई सम्मान
 साझामञ्चद्वारा कार्यक्रम प्रायाेजक सहकारी संस्थालाई सम्मान
समाचार सहकारी

साझामञ्चद्वारा कार्यक्रम प्रायाेजक सहकारी संस्थालाई सम्मान

by Speak २७ पुष २०७८, मंगलवार १४:४५
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बिर्तामोड– साझामञ्च मिडिया प्रा लि.ले अन्तर सम्वाद तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । मिडिया प्रा लि. ले टेलिभिजन कार्यक्रम साझा सहकारी मञ्च को १०० औं श्रृङखलाको अवसर पारेर प्रायोजकलाई सम्मान गरेको हो ।

मिडिया प्रालिका अध्यक्ष एकराज कार्कीको अध्यक्षता र पूर्व महान्यायाधीवक्ता एमाले नेता अग्नि खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष खड्ग दाहालले स्वागत गरेका छन् ।

सम्मानित हुनेमा मुख्य प्रायोजक नेपाल बहुउद्येश्यीय सहकारी संस्था, कर्णाली वचत तथा ऋण सहकारी संस्था, सिम्रिक वचत तथा ऋण सहकारी संस्था, सञ्जीवनी वचत तथा ऋण सहकारी संस्था र सतासी बहुमुखी सहकारी संस्था रहेका छन्।

अध्यक्ष उप्रेतीलाई सम्मान गर्दै एमाले नेता खरेल ।

मिडिया प्रा लि. ले कार्यक्रम प्रशारक संस्था सूर्योदय टेलिभिजनलाई पनि सम्मान गरेको छ । टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले झोले मिडिया हाउसका कारण व्यवसायिक मिडिया संकटमा परेको बताए ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरकी उप प्रमुख पवित्रा महताराले कतिपय सञ्चारमाध्यममा वास्तविक भन्दा फरक समाचार आउने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन्। उनले सत्यतथ्यमा आधारित भएर समाचार सामग्री उत्पादन र प्रसारण गर्न पत्रकारहरुलाई आग्रह पनि गरेकी छन् ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले अथक मेहनत र लगनशीलताले सहकारी सम्बन्धी कार्यक्रम प्रशारण भइरहेकोमा खुशी व्यक्त गरे ।

मुख्य प्रायोजक नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले मोफसलमा सहकारी बिट समातेर कार्यक्रम बनाउनु आफैँमा चुतौतिपूर्ण काम भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि एमाले नेता खरेलले संविधानले सहकारीलाई उच्च प्राथमिकता दिएको बताए । समाजवादको यात्रामा सहकारी अनिवार्य भएको नेता खरेलको धारणा छ ।

एमाले नेता खरेलले नबुझी समाचार लेख्ने प्रवृत्ति बढेको भन्दै व्यक्तिगत विषयलाई समाचारको बिषय नबनाउन अनुरोध गरे ।

साझामञ्चका सम्पादक गोपाल काफ्लेले टेलिभिजन कार्यक्रम सञ्चालन गर्दाका चुनौती र अप्ठ्यारालाई पार गर्दै सयौं श्रृंखलासम्म कार्यक्रम आइपुग्नुमा प्रायोजक संस्थाहरूको ठूलो सहयोग र सद्भाव रहेको बताए ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.