
मातृभूमिद्वारा पत्रकार उपचार कोषलाई २५ हजार
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
झापा– नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोड स्थित मातृभूमि भलाइ एण्ड इनभेष्टमेन्ट प्रालिले २५ हजार रुपैयाँ प्रदान गरेको छ ।
कम्पनीका अध्यक्ष कुलप्रसाद ओडारी, प्रबन्ध निर्देशक टंकप्रसाद दवाडीले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र कोषाध्यक्ष रञ्जित प्रसाईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
कम्पनीको तेस्रो वार्षिक साधारण सभाका अवसरमा शनिबार कनकाईको धनुषकोेटी पर्यटकीय क्षेत्रमा आयोजित कार्यक्रमकाबीच पत्रकार महासंघको अभियानमा उक्त सहयोग प्रदान गरिएको हो ।
कम्पनीका अध्यक्ष ओडारी र प्रबन्ध निर्देशक दवाडीले नागरिकको सूसुचित हुने हक रक्षाका लागि जोखिम मोलेर पेसामा रहेका पत्रकारको सामाजिक सुुरक्षाका लागि सबैले सामाजिक उत्तरदायित्व सम्झेर एकपटकका लागि कोषमा सहयोग गरिदिन अपिल समेत गरे ।
पत्रकार सहारा उपचार कोषमा ५१ लाख रुपैयाँ जम्मा भइसकेको छ भने त्यसको ब्याजबाट महासंघले पत्रकारहरु घाइते र बिरामी हुँदा उपचार खर्च समेत दिँदै आएको छ । कोषलाई एक करोड रुपैयाँ पुर्याउने लक्ष्यका साथ अभियान जारी राखेको छ ।