- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
काँकडभिट्टा– भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिन थालेपछि सीमावर्ती क्षेत्रमा आउजाउ गर्नेको भीड बढेको छ। कोरोनाको ओेमिक्राेन भेरियन्ट देखा पर्न थालेपछि भारतीय क्षेत्रमा रहेका नेपाली पनि धमाधम स्वदेश फर्किरहेका छन् ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिदै गएपछि त्यहाँ रहेका नेपाली धमाधम नेपाल फर्किरहेकाे सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षा निकाय जनाएका छन् ।
बढ्दो संक्रमणको त्रासले पिरोलिएका नेपाली स्वदेश फर्किंदा सीमावर्ती क्षेत्रमा भीड बढेको छ । भारतसँग सीमा जोडिएको पूर्वी नाकाबाट दैनिक सयौं नेपाली स्वदेश फर्किरहेकाे इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
सीमावर्ती बजारमा गएर फर्किनेहरूको संख्या पनि नाकामा उत्तिकै बाक्लाे छ। तर, नयाँ भेरियन्ट ओेमिक्राेनकाे बढ्दो फैलावटप्रति सीमावर्ती नाकामा पर्याप्त स्वास्थ्य सतर्कता अपनाइएको छैन् ।
सरकारको माथिल्लो तहले नाकामा कडाइ गर्न निर्देशन दिएकाले आउजाउ गर्नेको स्वास्थ्य जाँच र प्रवेशमा बिस्तारै कडाइ गर्दै लगिएको डीएसपी सुनिल दाहालले बताउनुभयो ।
कोरोनाको नयाँ भेरियन्ट ओेमिक्राेनकाे संक्रमण भारतीय सहर सिलिगुडीसम्म आइपुगेको छ । संक्रमण फैलिने सक्ने जोखिमका बीच पश्चिम बंगाल सरकारले आउजाउमा कडाई गर्दै स्थानीय क्षेत्रका विद्यालय १५ दिनका लागि बन्द गर्ने निर्णय गरिसकेको छ ।