
अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
काठमाडौँ – सरकारले ओमिक्रोन भेरियन्टलाई मध्यनजर गर्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो।
मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्रले उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामग्रीहरुको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनु भयो । सीमा नाकाहरुमा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउन पनि सरकारले निर्देशन दिएको छ ।