प्रतिदिन दैनिक १५ औँ वर्षमा

झापाका सिडिओ तिम्सिनाको सरुवा


बिर्तामोड- झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको सरुवा भएको छ । उनी १५ महिनाअघि झापाको जिम्मेवारी सम्हाल्न आएका थिए । गृह मन्त्रालयले उनलाई काठमाडौँ सरुवा गरेको हो ।

गृह मन्त्रालयका अनुसार झापाको नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा छविलाल रिजाल आउने भएका छन् । सहसचिव रिजाल यसअघि सुर्खेतमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *