- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक माघ ८ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठक पुस २५ गतेका लागि बोलाइएको थियो । केही केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएकाले बैठक स्थगित गरिएको हो ।
संक्रमणको जोखिम बढेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ता भेटघाट बन्द गर्नु भएको छ । आगामी केन्द्रीय समिति बैठकबाट अपुरो केन्द्रीय समितिलाई पनि पूर्णता दिने माओवादीले जनाएको छ । २९९ सदस्यीय केन्द्रीय समितिमा हाल २३६ जनामात्र छन् ।