- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोड– बिर्तामोडस्थित मनकामना कलेजमा साताब्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ । बुधबारदेखि अन्तर कक्षागत भलिबल प्रतियोगिता सञ्चालन भएको हो । विभिन्न तहका १० वटा टिमबीच सञ्चालित भलिबल प्रतियोगिताको उद्घाटन क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले गर्नुभयो ।
बिए, बिबिएस, बिएसडब्ल्यु, बिएड, कक्षा ११, कक्षा १२, कम्प्युटर साइन्स, बिजनेश स्टडिज लगायतका भिन्न कक्षाबाट टिम तयारी गरी आन्तरिक प्रतिष्पर्धा भइरहेको हो ।
अनुशासन, गतिशलिता र स्वास्थ्यका लागि खेलकुद अपरिहार्य हुने भएकाले विद्यार्थीहरुमा खेलप्रतिभाको विकास गर्न कलेजभित्र यस्तो प्रतियोगिता हरेक वर्ष सञ्चालन गर्दै आएको उद्घाटन मन्तब्यका क्रममा क्याम्पस प्रमुख भट्टराईले बताउनु भयो ।
प्रतियोगिताका संयोजक कुमार थपलियाका अनुसार खेल सप्ताह अन्तरगत फुटसल र क्रिकेटका खेलहरु पनि यसैसाता सञ्चालन गरिनछन् ।
फुटसलका खेल संयोजक रजत ओझाका अनुसार बिर्तामोडको एब्सोल्युट फुटसलमा कलेजका ६ वटा टिमहरुबीच प्रतियोगिता गर्ने तयारी भएको छ ।