१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

कचनकवलमा स्वास्थ्य शिविर : चार सयले लिए सेवा




भद्रपुर– कचनकवल गाउँपालिकाको पथरियामा बिहीबार हाडजोर्नी तथा नसा रोगसम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । दुरदराजका विपन्न समुदाय तथा मजदूरलाई लक्षित गरेर काठमाडौंस्थित नेपाल अर्थोपेडिक अस्पतालले शिविर आयोजना गरेको हो ।

शिविरलाई रोटरी क्लव अफ भद्रपुर, इनरह्विल क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर, इन्ट्रयाक्ट क्लव अफ भद्रपुर, नेपाल अपाङ्ग संघ र खगेन्द्र नवजीवन केन्द्रले व्यवस्थापन गरेका हुन् ।

शिविरमा नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. युवराज खरेलको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले बिरामीको चेकजाँज गरेको थियो ।

शिविरमा कचनकवलका दूरदराजबाट बृद्धबृद्धा, विपन्न परिवार र मजदूर उल्लेख्य मात्रामा सेवा लिन आएको रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझाले जानकारी दिनु भयो ।

चिकित्सकीय टोलीमा विशेषत्र डा. समिर कार्की, डा. अनिश ज्ञवाली, स्वास्थ्यकर्मी मैना गुरुङ, क्षितिज गड्तौलालयात मेची अस्पताल, भद्रपुर नगरपालिका स्वास्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरु समेत रहेका थिए ।

शिविरबाट पहिलो दिन चारसय बढीले सेवा लिएको र सोही शिविर शुक्रबार कचनकवलको बनियानीमा सञ्चालन हुने नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठले जानकारी दिनुभयो ।

शिविर अर्थोपेडिक अस्पतालको वार्षिक कार्यक्रम तालिका अनुसार भएको बताउँदै श्रेष्ठले शिविरमा चार लाख रुपैयाँ बराबरको औषधि पनि निःशुल्क वितरण गरिएको जानकारी दिनु भयो ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार ००:००  ८ : ४३ बजे