
फागुन तेस्रो सातादेखि झापा गोल्डकपको पाँचौं संस्करण
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
बिर्तामाेड– पाँचौं संस्करणको झापा गाेल्डकप फागुन तेस्रो साता आयोजना हुने भएको छ । गाेल्डकप आयोजक समितिले आज बिहान बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।
झापा गाेल्डकपका अध्यक्ष बिनोद बस्नेतले फागुन २१ देखि ३० सम्म प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । चार वर्षदेखि नियमित सञ्चालन हुँदै आएको प्रतियोगिता कोरोना भाइरसको संक्रमणपछि अवरुद्ध भएको थियो ।
सभा समारोह लगायत बाक्लो उपस्थिति हुने प्रकृतिका सबै कार्यक्रम पूर्ववत् अवस्थामा सञ्चालन भइरहेकाले आयोजक समितिले प्रतियोगिताको तयारी थालेको हो । प्रतियोगिता सञ्चालनका लागि १ करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले प्रतियोगिता खेलप्रेमीको मन र मुटुमा बसेको बताउनु भयो । झापा गोल्डकपका पूर्व अध्यक्ष महेन्द्रकुमार गिरीले प्रतियोगिता सञ्चालन गर्न दीगो स्रोतको व्यवस्थापनमा लाग्नु पर्ने बताउनु भयो ।
प्रतियोगिता सञ्चालन गर्न महासचिव गजेन्द्र पौडेलको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय समिति गठन गरिएको छ। बिजेता टीमले १२ लाख ५५ हजार र उप बिजेताले छ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगितामा आयाेजक झापा ११ फुटबल क्लबसहित नेपालका ९ र विदेशी एक गरी १० वटा टीमकाे सहभागिता रहने छ ।