- झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
- शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश
- ११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक
- हारेर पनि समूह बिजेता बन्यो झापा गाउँपालिका
- शब्दपत्र डटकमका सम्पादक पुरी पुरस्कृत
बिर्तामोड : झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती-४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला-३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी-४ निवासी २३ वर्षीय अनिल विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।
प्रहरीका अनुसार दमक नगरपालिका-२ स्थित भाङवारिमा गएराति प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको थियो। एउटै मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले बताए। उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ।