६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

दमकमा दुर्घटना : तीन जनाको मृत्यु




बिर्तामोड : झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती-४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला-३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी-४ निवासी २३ वर्षीय अनिल विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार दमक नगरपालिका-२ स्थित भाङवारिमा गएराति प्र १–०२–०४३ प ६९२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा दुर्घटना भएको थियो। एउटै मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले बताए। उनीहरू सुनचाँदी पसलमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार ००:००  २ : ४८ बजे