- झापा आइपुगे एमाले अध्यक्ष ओली
- माघ महिनाका लागि निक्षेपको ब्याजदरमा कटौती
- राष्ट्रिय परिवर्तन पार्टीद्वारा झापा ५ मा उम्मेदवारी दिने घोषणा
- इस्टर्न साहाराद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित
- हल्दीबारी जेसीजमा नितेश खरेलको नेतृत्वमा नयाँ कार्यसमिति
बिर्तामोड– गायन प्रतिभाकी धनी बाल गायिका अनुजा कडरियालाई जिताउन बिर्तामोडका विभिन्न क्षेत्रका व्यक्तित्वले सार्वजनिक अपील गरेका छन् । ‘द भाेइस किड्स’ को भोटिङ राउण्डमा प्रवेश गरेपछि उनलाई जिताउन सार्वजनिक अपिल गरिएको हो ।
बिर्तामोड-१ निवासी नाै बर्षिया कडरिया कला र गला कि धनी भएकाले उनलाई जिताउन अनिवार्य रहेको बिर्तामोड उद्योग वाणिज्य संघमा महासचिव अर्जुनकुमार मैनालीले बताए ।
कडरिया परिवारले पनि पत्रकार सम्मेलन गरी छोरीलाई जिताउने अभियानमा सहयोग गरिदिन सबैलाई सार्वजनिक अपील गरेका छन् । बाबु कुमारले छोरीको गायन प्रतिभालाई हेरेर भोट गरिदिन अपिल गरेका छन् ।
तीन वर्षको उमेरदेखि उनले गायन अभ्यास सुरु गरेकी थिइन्। बिर्तामोडको सरगम सङ्गीतालयमा गायन सिकेकी उनी स्थानीय प्रतियोगितामा उत्कृष्ट हुँदै आएकी थिइन् ।
बिर्तामोडको नीदि उच्च माध्यमिक विद्यालयकी छात्रा कडरियाकाे गायन क्षमता अब्बल रहेको शिक्षक शिक्षिका बताउँछन्।
बाल गायिकालाई जिताउन समाजसेवी दीपककुमार दाहाल, सरगम संगीतालयका दीपक रायमाझी, जनक खड्का, साहित्यकार भगवती ढुङ्गेललगायतले सामूहिक आग्रह गरेका छन् ।
नेपालभित्र रहनेले खल्ती एप र नेपाल बाहिर रहेनेले खल्ती डाउनलोड गरेर भोट गर्न सकिने गायिकाका दाजु प्रज्वल कडरियाले जानकारी दिए । बालिकाले आफैं एल्बम ‘साना हाम्रा कृष्ण भाग १ र २’ दुईबर्ष अघि निकालेको दाई प्रज्वलले बताए ।














