- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
बिर्तामोड-निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । वैशाख २० गते देशका ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयाेग जुटेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण बैशाख तेस्रो साता स्थानीय तहको निर्वाचन गर्ने तयारी भइरहेको बताउनुभयो ।
स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको आयुक्त थपलियाले जानकारी दिनुभयो ।
आयोगले २०७९ फागुनभित्र प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने तयारी पनि गरेको छ । यद्यपि, आयोग मिति तोकेर सरकारसँग निर्वाचनको कार्यतालिका प्रस्ताव गर्न भने बाँकी छ ।
















