१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

अघिल्लो पुस्ताको रगत पसिनालाई अवमूल्यन गर्दैनाैँ : विश्वप्रकाश



बिर्तामोड– नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र युवापुस्ताको हस्तक्षेपकारी भूमिकाकाे खोजी हुँदै गर्दा अघिल्लो पुस्ताको राजनीतिक त्याग र संघर्षलाई कार्यकर्ताहरुले अवमूल्यन गर्नु नहुने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काङ्ग्रेस महामन्त्री शर्माले दुबै पुस्ताको सक्रिय सहभागितामा पार्टी अघि बढ्ने बताउनुभयो ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि संविधान जारी गर्ने सन्दर्भमा समेत कांग्रेसले अगुवाई गरेको भन्दै महामन्त्री शर्माले नेपालको राजनीतिमा भराेसा याेग्य शक्तिका रूपमा पार्टी अझ बलियो रुपले स्थापित हुने बताउनुभयो ।

नेपालमा राजतन्त्रको औचित्य समाप्त भइसकेको निष्कर्षसहित कांग्रेसले गणतान्त्रिक व्यवस्थालाई आत्मसात गरेको जनाउँदै महामन्त्री शर्माले फेरि राजतन्त्र फर्कने कुरा कल्पना भन्दा बाहिरको बिषय भएको दाबी गर्नुभयो ।

स्थानीय र संसदीय निर्वाचन आउन लागेको भन्दै महामन्त्री शर्माले निर्वाचन जित्ने गरी तयारीमा जुट्न गृहजिल्ला झापाका नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार ००:००  ७ : ५० बजे