
राप्रपा अध्यक्ष लिङ्देन भन्छन्, ‘अब पार्टी फुटाउने तागत कसैसँग छैन्’
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक शक्तिले संसदलाई बन्धक बनाएको बताउनुभएको छ । सत्तारुढ र प्रतिपक्षी दलले संसदलाई बन्धक बनाएर जनताको आवाज दबाउने प्रयत्न गरेको अध्यक्ष लिङ्देनले बताउनुभएको हो ।
पार्टी अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला झापा आउनुभएका अध्यक्ष लिङ्देनले आज बिर्तामोडमा आयोजित कार्यक्रममा सरकार र प्रतिपक्षी दलको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
हिन्दु राष्ट्र र राजसंस्था नेपालको राजनीतिक स्थायित्व र एकताको आधार भएको बताउँदै अध्यक्ष लिङ्देनले राष्ट्रबादी सबै शक्तिहरुलाई एकीकृत गर्दै लैजाने बताउनुभयो ।
हरेक महाधिवेशनका बेला पार्टी फुट्ने भयले कार्यकर्ता आत्तिने गरेको बताउँदै राप्रपा अध्यक्ष लिङ्देनले अब पार्टी फुटाउने तागत कसैसँग नरहेको दाबी गर्नुभयो ।