
कृपा जिताउ अभियानलाई क्षितिज नाट्य समूहद्वारा एकलाख सहयोग
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
बिर्तामोड– क्षितिज नाट्य समूहले कृपा पौडेल जिताउ अभियानमा संकलन भएको रकम हस्तान्तरण गरेको छ । नाट्य समूहका अध्यक्ष युवा रङ्गकर्मी माधव कल्पितले अभियानका कोषाध्यक्ष कुमार पौडेललाई रकम हस्तान्तरण गरेका हुन् ।
झापाको बिर्तामोड-२ निवासी कृपा पौडल रियालिटी शो सारेगमप लिटल च्याम्पको दशौं स्थानमा पुगेकी छन्। गायन क्षमताकी धनी कृपालाई जिताउन क्षितिज नाट्य समूहले आर्थिक संकलन अभियान शुरु गरेको थियो ।
अभियानका क्रममा संकलन भएको १ लाख १ हजार रकम गरिएको हस्तान्तरण गरिएको अध्यक्ष कल्पितले जानकारी दिए ।
बिर्तामोड -२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा ४५ सदस्यीय कृपा जिताउ मूल समारोह समिति गठन गरी भोटको लागि प्रचारप्रसार तथा सहयोग संकलन अभियान सञ्चालन गरिँदै आएको छ ।