- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
बिर्तामोड– नेकपा एमाले झापाको आगामी नेतृत्वबारे नेता कार्यकर्ताबीच चर्चा परिचर्चा सुरु भएको छ । जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वबारे एमाले जनमा चर्चा सुरु भएको हो ।
एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार पुस २३ गते नयाँ नेतृत्व चयनका लागि जिल्ला अधिवेशन हुँदैछ । यसपटक एमालेको जिल्ला अध्यक्षमा दीपक कार्कीको चर्चा छ।
अहिलेका अध्यक्ष चिन्तन पाठक प्रदेश कमिटीको सचिव भएपछि एमाले नेता कार्कीको चर्चा सुरु भएको हो । गतसाता झापाका एमाले नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी जिल्लाको नयाँ नेतृत्वको विषयमा छलफल गरेका थिए ।
उक्त भेटमा अध्यक्ष ओलीले अबको जिल्ला नेतृत्व कार्कीले सम्हाल्ने संकेत दिएका छन् । अघिल्लो पटक पनि अध्यक्षका दाबेदार कार्कीलाई उपाध्यक्ष बनाइएको थियो । तर, उनले उपाध्यक्ष अस्वीकार गरेका थिए ।