- झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
- शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश
- ११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक
- हारेर पनि समूह बिजेता बन्यो झापा गाउँपालिका
- शब्दपत्र डटकमका सम्पादक पुरी पुरस्कृत
बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन गृहजिल्ला झापा आउने भएका छन् । पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन पुस ३ गते झापा आउने कार्यक्रम तय भएको हो ।
पार्टी अध्यक्ष कमल थापालाई पराजित गरेपछि राष्ट्रिय राजनीतिको चर्चामा प्रभावशाली स्थान बनाएका लिङ्देन तीनदिनसम्म झापामा बस्ने कार्यक्रम छ । झापा आएलगत्तै उनी स्वागत सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए ।