- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
बिर्तामोड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिल्ला पार्टीले आयोजना गर्ने सम्मान कार्यक्रममा सहभागी हुन झापा आउने भएका छन् । नेकपा एमाले झापाले आयोजना गर्न लागेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओली पुस १० गते झापा आउने कार्यक्रम तय भएको हाे ।
नेकपा एमाले झापाका इन्चार्ज अग्नि खरेलको प्रमुख आतिथ्यमा आज बसेको जिल्ला कमिटीको बैठकले पुस १० गते सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष ओली पहिलो पटक गृहजिल्ला झापा आउन लागेका हुन् ।