- ग्रीन फिल्डमा एआई-रोबोटिक्स ल्याब : शिक्षालाई आधुनिक प्रविधिसँग जोड्ने अभियान
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
बिर्तामोड– मोटरसाइकल चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो ।
पक्राउ पर्नेमा इलाम सूर्याेदय नगरपालिका–९ का आशिष सुब्बा, सोही ठाउँका विवेक घिमिरे र झापा बिर्तामोड–३ बिर्ताबजारका रञ्जित राजवंशी रहेका छन् । चोरिएका दुई वटा मोटरसाइकलसहित उनीहरुलाई समातिएको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए ।
प्रहरीले उनीहरुबाट मे ६ प २५०५ र मे ११ प ९७३५ नम्वरको मोटरसाइकल बरामद गरेको हो । पक्राउ परेका उपर प्रहरीले जिल्ला अदालत झापाबाट सात दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।


















