१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

कमल थापा पक्षको भेला याक एन्ड यतिमा



राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा चुनावी परिणामको समिक्षा गर्न कमल थापा पक्षको भेला दरवारमार्गस्थित याक एन्ड यति होटलमा सुरु भएको छ ।

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहित उनको टिमका नेताहरु निर्वाचन परिणाम समिक्षा गर्न याक एन्ड यतिमा भेला भएका हुन् ।

आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार लिङ्देनले १८ सय १७ र थापाले १६ सय १७ मत प्राप्त गरेका छन् । त्यसैगरी पदाधिकारीमा भने थापा समूहको वर्चश्व रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार ००:००  ९ : ४८ बजे