- लीला अनमोललाई ‘मनोजबाबु ओली साहित्य पुरस्कार’
- झापा रक स्टारको ग्र्याण्ड फिनाले असार २६ गते
- अर्जुनधारामा दुई करोडको व्यावसायिक लन्ड्री उद्योग
- ड्रक्स खाएर बस चलाउने ५ जना चालक पक्राउ
- वित्तीय कारोवारमा सिम्रिक सहकारी उत्कृष्ट
झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफू पराजित हुनुमा निर्मल निवासको हात रहेको आरोप लगाएका छन्। पार्टीको एकता महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष थापा पराजित भएका थिए।
नेता राजेन्द्र लिङदेनसँग भएको चुनावी प्रतिस्पर्धामा एकसय ६७ मतले पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले आफनो पराजयमा निर्मल निवासको हात रहेको दावी गरेका हुन्।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु, अध्यक्ष थापाले फेसबुकमा लेखेका छन् ।
सिंगो मुलुक गणतन्त्रमय भएका बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो भन्दै थापाले एजेन्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा थापाले लेखेको स्टाटस यस्तो छ



















