- झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको निधन
- शरणार्थी नेता रिजाललाई धरौटीमा रिहा गर्न आदेश
- ११ महिनामा नेपाल भित्रिए नौ लाख विदेशी पर्यटक
- हारेर पनि समूह बिजेता बन्यो झापा गाउँपालिका
- शब्दपत्र डटकमका सम्पादक पुरी पुरस्कृत
झापा–राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । शुक्रवार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङ्देनले आ–आफ्नो प्यानलसहित राष्ट्रिय सभामा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्याधिक बहुमतबाट विजय हासिल गर्ने बताए । उनले आफू पुनः नेतृत्वमा चुनिएपछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङ्देनलगायत सबैलाई समेटर पार्टीलाई अघि बढाउने उल्लेख गरे ।
मनोनयन दर्तापछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङ्देनले कुनै व्यक्तिगत महत्त्वाकाङ्क्षा, पद प्राप्त गर्ने आकाङ्क्षाले उम्मेदवारी नदिएको दाबी गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्तरलाई उकास्न, पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रूपमा स्थापित गर्न आफू नेतृत्वमा आएपछि कदम चाल्ने बताए ।
उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठ चुनावी मैदानमा छन् भने जगतप्रसाद गौचन, रामचन्द्रराय यादव, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठसहित आठ जनाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
महामन्त्रीमा महिलातर्फ रेखा थापा, कुन्तीकुमारी शाहीको नाम दर्ता भएको छ भने पुरुषतर्फ धवलसमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भाष्कर भद्रासहित ६ जनाको उम्मेदवारी परेको छ ।