१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

नेपालको बिजुली किन्न भारत अनिच्छुक



झापा– बिद्युत ब्यापार सम्झौता गरेको करिब सात वर्षपछि गत कात्तिकमा भारतले नेपाल बिद्युत प्राधिकरणलाई आफ्नो बजारमा बिजुली बेच्ने अनुमति दिएपनि सबै आयोजनाको बिजुली खरिद नगर्ने भएको छ ।

भारतले आफ्नै लगानीमा बनेका दुई आयोजनाको बिजुली मात्रै किन्ने तयारी गरेको हो । यसले प्राधिकरणलाई आन्तरिक रुपमा खपत बढाउन दवाव परेको छ ।

भारतमा बिजुली बेचेर पैसा कमाउने सपना तुहिएपछि बिद्युत प्राधिकरण यसअघि खासै प्राथमिकतामा नपरेका आन्तरिक उद्योगमा बिजुली जडान गर्न ब्यस्त भएको छ । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ००:००  ६ : ५५ बजे