१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

संसद चल्न नदिने एमाले अध्यक्ष ओलीको अडान




झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २८ गतेका लागि आह्वान गरिएको संसद् बैठक चल्न नदिने अडान दोहोर्‍याउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर २८ गते आह्वान गर्नुभएको सङ्घीय संसद्को दुवै बैठक चल्न नदिने बताउनुभएको हो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका सांसदहरू बैठकमा आउने भएकाले आफूहरूले संसद् बैठक चल्न दिन नसक्ने तर्कसमेत गर्नुभयो । उनीहरू गैरसांसद भएकाले उनीहरू आएको संसद् बैठकलाई एमालेले चल्न दिन नसक्ने अध्यक्ष ओलीको भनाइ छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ००:००  ३ : ५९ बजे