- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
झापा : वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको बताउनुभयो ।
भारतको सर्वोच्च अदालत सुप्रिम कोर्टले पनि आज बिहीवार आदेश जारी गर्दै आपत्कालीन अवस्थामा असाधारण कदम चाल्न दिल्ली सरकारलाई आदेश दिएको छ ।
दिल्ली सरकारले प्रदूषण धेरै भएका ठाउँहरूमा यस अगाडिदेखि नै विद्यालय बन्द गरेको थियो । तर अझै कैयौँ बालबालिका विद्यालय गइरहेको देखिएकाले तत्काल विद्यालय बन्द गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । सरकारले भोलिदेखि विद्यालय बन्द गरेरनगरेको अनुगमन गर्ने जनाएको छ ।
नोभेम्बरका ११ दिन दिल्लीमा वायु प्रदूषणको स्तर अहिलेसम्मकै खराब थियो । नोभेम्बरमा एक दिन पनि दिल्लीमा राम्रो वायुको स्तर नभएको तथ्याङ्कले देखाएको छ ।