१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

अस्ट्रेलिया र जापान जान विद्यार्थीलाई प्रतिबन्ध



झापा– अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छन् । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुबै देशले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई रोक लगाएका हुन् ।

दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् । दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्यमा पर्छन् ।

अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागूू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि एक साताअघि मात्रै आवागमन खुला गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ००:००  १ : ०९ बजे