- जन्मदिनमा क्यान्सरपीडितलाई भट्टराईको सहयोग
- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
बिर्तामाेड– नेपाली कांग्रेसका नेता उद्धव थापाले प्रदेश सभापतिमा उमेद्वारी घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्यका आकाङ्क्षी थापा एकाएक प्रदेश सभापतिको दाबेदारका रूपमा उभिएका हुन् ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको दरिलो साथ लिएर थापा चुनावी मैदानमा उत्रिएका छन् । दुई कार्यकाल झापा कांग्रेसको नेतृत्व गरेका थापाले यसअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
आफू निकटका देउमान थेबेलाई झापा कांग्रेसको सभापतिमा निर्वाचित गराएपछि नेता थापाले प्रदेशमा आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् । संस्थापन समूह समेतको समर्थनमा नेता थापाले उम्मेदवारी घोषणा गरेको जनाइएको छ ।
संस्थापन इतरबाट प्रदेश सभापतिमा गुरुराज घिमिरे र राजीव कोइराला चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । उनीहरूमध्ये एकजना उम्मेदवार भए थापालाई चुनावी दौडमा केही असजिलो हुनेछ ।
















