- बिर्तामोडमा रास्वपाको देउसी-भैलो : भाइटीकामा पनि खेल्न समर्थकको आग्रह
- अर्जुनधारामा सञ्चारकर्मी विष्णु श्रेष्ठ सम्मानित
- ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
- सहारा नेपालको ५ प्रतिशत ब्याजमा घर कर्जा
- अधिकारीको नेतृत्वमा काइलीको उद्धार
बिर्तामाेड– नेपाली कांग्रेसका नेता उद्धव थापाले प्रदेश सभापतिमा उमेद्वारी घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्यका आकाङ्क्षी थापा एकाएक प्रदेश सभापतिको दाबेदारका रूपमा उभिएका हुन् ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको दरिलो साथ लिएर थापा चुनावी मैदानमा उत्रिएका छन् । दुई कार्यकाल झापा कांग्रेसको नेतृत्व गरेका थापाले यसअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
आफू निकटका देउमान थेबेलाई झापा कांग्रेसको सभापतिमा निर्वाचित गराएपछि नेता थापाले प्रदेशमा आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् । संस्थापन समूह समेतको समर्थनमा नेता थापाले उम्मेदवारी घोषणा गरेको जनाइएको छ ।
संस्थापन इतरबाट प्रदेश सभापतिमा गुरुराज घिमिरे र राजीव कोइराला चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । उनीहरूमध्ये एकजना उम्मेदवार भए थापालाई चुनावी दौडमा केही असजिलो हुनेछ ।


















